Verified Members
Relief Disbursed
Global Chapters
Direct Transparency
बाढी राहत, आपतकालीन स्वास्थ्य शिविर, आप्रवासी कामदार कल्याण र अभियानका आधिकारिक वृत्तचित्रहरूको प्रत्यक्ष भिडियो हेर्नुहोस्।
Your direct contribution reaches the frontline immediately with full financial transparency and automated receipt generation.
Disaster Relief
जारी
🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵 मातृभूमि नेपालमा विपत्ति पर्दा हामी जहाँ भए पनि हाम्रो मन नेपालमै हुन्छ। दूरीले हामीलाई टाढा बनाउन सक्दैन, किनकि नेपालीको पहिचान नै एकता, सहयोग र मानवता हो। 🇳🇵🤝 यही मानवीय भावना, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको अटल प्रेमलाई आत्मसात् गर्दै हेल्प मधेशी साउदी अरब ले रसुवा बाढीपीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि: 💰 रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) 🇳🇵 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ। यो सहयोग रकम केवल आर्थिक सहयोग मात्र होइन, यो दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको हाम्रो माया, ऐक्यबद्धता र जिम्मेवारीको प्रतीक हो। ❤️ हामी विश्वास गर्छौँ— 🤝 एकताको हातले आशा जगाउँछ। ❤️ सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। 🇳🇵 मातृभूमिको दुःखमा सबै नेपाली सँगै हुन्छौँ। यस पवित्र मानवीय अभियानलाई सफल बनाउन आफ्नो अमूल्य समय, साथ, सहयोग र योगदान दिनुहुने: 🙏 हेल्प मधेशी साउदी अरबका सम्पूर्ण सेवक सदस्यहरू, 🙏 समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक धन्यवाद एवं सम्मान व्यक्त गर्दछौँ। ❤️🙏 🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ। हेल्प मधेशी परिवार 🇸🇦 साउदी अरब तन ❤️ मन ❤️ धन ❤️ समर्पण 🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵
Emergency Aid
जारी
Dedicated emergency fund to assist stranded, injured, or financially distressed Madhesi foreign workers in Malaysia, Qatar, UAE, and Saudi Arabia with repatriation, legal counseling, and hospital care.
Education
जारी
Sponsoring tuition fees, study materials, and laptops for meritorious underprivileged students from Madhes pursuing Engineering, MBBS, and IT degrees.
Our organizational structure connects dedicated teams across multiple nations, each led by dedicated coordinators and administrative heads.
Moments from our relief missions, health camps, and community gatherings.
मानवीय सेवाको एउटा अर्को प्रयास सफल भएको छ। 🙏❤️ विभिन्न कारण बस लामो समयदेखि जेल जीवन बिताइरहनु भएका सप्तरीका रामलाल सदायलाई स्वदेश फर्किन आवश्यक हवाई टिकटको व्यवस्था गरी हेल्प मधेसी मलेसियाले नेपाल पठाउन सहयोग गरेका छन। परदेशमा समस्या, दुःख र अप्ठ्यारोमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सकेसम्म सहयोग गर्ने उद्देश्यले हेल्प मधेसी मलेसिया निरन्तर मानवीय सेवामा सक्रिय रहँदै आएको छ रामलाल सदायलाई सुरक्षित रूपमा आफ्नै परिवार र मातृभूमिको काखमा फर्काउन सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ उहाँको आगामी जीवन सुख, शान्ति र सफलतामय रहोस् भन्ने हार्दिक शुभकामना। सेवा नै धर्म हो। मानवता नै हाम्रो पहिचान हो। 🙏❤️ हेल्प मधेसी मलेसिया परिवार। तन. मन.. धन ... स ।🇳🇵❤️ खुशीको खबर ❤️🇲🇾 विभिन्न कारणले लामो समयदेखि जेल जीवन बिताइरहनुभएका सप्तरी जिल्ला निवासी राम लाल सदायज्यू लाई हेल्प मधेशी मलेसिया को पहलमा फ्लाइट टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाइएको छ। ✈️🇳🇵 यो सहयोग केवल एउटा टिकट मात्र होइन, यो मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको एउटा उदाहरण हो। ❤️ 🙏 उहाँको घर फर्किने यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरू, सेवक सदस्यहरू तथा शुभेच्छुक महानुभावहरूप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौँ। हेल्प मधेशी मलेसिया सधैँ विपन्न, पीडित र सहयोग आवश्यक पर्ने नेपालीहरूको साथमा छ। 🤝❤️ 🇳🇵 समाजसेवा नै हाम्रो अभियान 🇲🇾
🚨 बाढी तथा पहिरो पीडितहरूको लागि आपतकालीन सहयोग 🚨 प्राकृतिक विपत्तिले प्रभावित भएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि Help Madheshi Malaysia ले राहत अभियान सुरु गरेको छ। 🙏 तपाईंको सानो सहयोगले पीडित परिवारको जीवनमा ठूलो आशा ल्याउन सक्छ। ❤️ साथ दिऔं, सहयोग गरौं, मानवता बचाऔं।
🤝 सहयोग संकलन अभियान सुरु 🤝 मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई बाढी पहिरो पीडितहरूको राहतका लागि सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं। 💙 खाद्यान्न, लत्ताकपडा, औषधि तथा आर्थिक सहयोग संकलन भइरहेको छ। 🙏 तपाईंको सहयोग नै कसैको जीवन बचाउने आधार बन्न सक्छ।
🏢 कम्पनी तथा समुदायको अमूल्य सहयोग ❤️ बाढी पहिरो पीडितहरूको राहतका लागि विभिन्न कम्पनी, संघसंस्था तथा सहयोगी हातहरूबाट प्राप्त सहयोगप्रति Help Madheshi Malaysia हार्दिक धन्यवाद व्यक्त गर्दछ। 🙏 तपाईंहरूको साथ र सहयोगले राहत अभियानलाई अझ बलियो बनाएको छ। एकताको शक्ति नै मानवताको पहिचान हो।
❤️ धन्यवाद सम्पूर्ण सहयोगी हातहरूलाई ❤️ यस राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, कम्पनी, संघसंस्था र समुदायप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏 तपाईंहरूको सहयोगले पीडित परिवारमा नयाँ आशा र मुस्कान ल्याउने काम गरेको छ। मानवताको लागि एकता, सहयोग नै हाम्रो शक्ति।